क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडाैं | माघ २७, २०८०

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडौं:     क्यानडाले ओडीआई सिरिजको दोस्रो खेलमा नेपालसामु २ सय ८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।


टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।


कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।


त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।


कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।


३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए ।


३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२-६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए ।


पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे ।


नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २÷२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १÷१ विकेट रह्यो ।


नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आएका छन् ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्